लेखनाथस्थित किराना पसलको स्टोरमा आगलागी हुँदा १ करोड बढीको क्षति, लेखनाथ क्षेत्रमा दमकलको माग

पाेखरा | बैशाख १२, २०८०

लेखनाथस्थित किराना पसलको स्टोरमा आगलागी हुँदा १ करोड बढीको क्षति, लेखनाथ क्षेत्रमा दमकलको माग Photo Bhimkumari Pun Magar

पोखरा:   पोखरा महानगरपालिका ३० लेखनाथ चोखीमाटीचोकस्थित एक किराना पसलमा आगलागी हुँदा १ करोड २५ लाख बढीको क्षति भएको छ । 


लेखनाथ चोखीमाटीचोकस्थित शोभा मोहन पौडेलले किराना पसलमा हिजो राति लागेको आगलागीले किराना पसलको स्टोरमा भएको सामान र फर्निचरमा क्षति पुगेको पोखरा महानगरपालिका ३० का वडासदस्य भिमकुमारी पुनमगरले जानकारी दिइन् । 


हिजो (सोमबार) राति अन्दाजी ११ बजे एक्कासी लागेको आगो १२ बजेपछि मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । किराना पसलको स्टोरमा कसरी आगलागी भयो भनेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


राति किराना पसलको स्टोरमा आगो लागेको थाहा पाएपछि पोखरा दमकललाई जानकारी गराएपनि दमकल केही ढिला लेखनाथ पुग्दा बढी क्षति भएको एक स्थानीयले बताए । उनले लेखनाथ क्षेत्र पोखरा महानगरपालिकामा पर्ने भएपनि सो क्षेत्रमा एउटापनि दमकल नहुदा आगलागीबाट बढी क्षति हुने गरेको गुनासो गरेका थिए ।

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्